विराटनगरमा झडप , सभासद्सहित दश घाइते

विराटनगरमा झडप , सभासद्सहित दश घाइते

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

विराटनगर, २३ भदौ ।
विराटनगरको रोडशेष चौकमा प्रहरी र संयुक्त मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ । झडपमा सभासद् उषा यादवसहित दश व्यक्ति घाइते भएका छन् ।

सभासद् यादवसहित सङ्घीय समाजवादी फोरम नेपालका केन्ऽीय सदस्य रामविलास यादव, जिल्ला सचिव रक्छामी किराती, महेश्वर यादवलगायत घाइते भएको सो पार्टीका जिल्ला सदस्य जीतेन्ऽ यादवले जानकारी दिउनुभयो ।

रोडशेष चौकमा बन्दकर्ताले रिक्साको आवतजावतमा अवरोध पुर्‍याएपछि प्रहरीबाट हस्तक्षेप भई झडप भएको हो ।

घाइतेहरुको विराटनगरस्थित कोसी अञ्चल अस्पताल र गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी