काठमाडौं,२३ भदौ ।
नेकपा एमालेले आन्दोलनरत सबै पक्षलाई वार्तामा आउन आग्रह गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत सबै पक्षलाई वार्तामा आउन आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले आन्दोलनले प्राप्त उपलब्धीको संस्थागत गर्न नसक्ने भन्दै अहिलको आन्दोलनका कारण प्राप्त उपलब्धीसमेत गुम्ने खतरा रहेको बताउनु भयो ।
आन्दोलनरत समुहले उठाएका माग अहिले पनि सम्बोधन गर्ने ठाउँ रहेको भन्दै उहाले भन्नुभयो ,’संविधानको परिमार्जित विधेयकमा ५६ वटा संशोधन प्रस्ताव परेका छन,। तीमध्ये कुनै एक उचित प्रस्तावमार्फत पनि समस्याको निकास खोज्न सकिन्छ।’ उचित माग सम्बोधन गर्न आन्दोलनको आवश्यकता नरहेको भन्दै ओलीले उचित माग सम्बोधन गर्न तयार रहेको बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline