काठमाण्डौ,२३ भदौ ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रहरीको गोली लागि ४ जना प्रदर्शनकारीको मुत्यु भएको छ । जलेश्वरमा प्रहरीमाथि प्रदर्शनकारीले आक्रमणको प्रयास गरेपछि प्रहरीले चलाएको गोली लागेर १३ जना घाइते भएका छन ।
गोली लागि जलेश्वर नगरपालिका–७ का रोहित चौधरी, जलेश्वर–१४ पखडी गाउँका मुसो कापर, महोत्तरी गाविस–५ का रामविवेक यादव ज्यान गएको छ । अर्का एक जनाको सनाखत हुन नसकेको बतायएको छ ।
अहिले जलेश्वरको अवस्था निकै तनावग्रस्त रहेका त्यहाबाट हाम्रा सहकर्मीले जनाएका छन । गाउँ–गाउँबाट जलेश्वर पुगेका प्रदर्शनकारीहरु ढुंगा प्रहार गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीतर्फ बढ्न लाग्दा सुरक्षाकर्मी केही सेल अश्रुग्यासका साथै गोली प्रहार गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline