साउदी कुटनीतिज्ञले २ नेपाली महिलालाई यौन शोषण गरेको खुलासा

साउदी कुटनीतिज्ञले २ नेपाली महिलालाई यौन शोषण गरेको खुलासा

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, भदौ २३ ।

भारतको नयाँ दिल्लीमा एक साउदी अरबका कुटनीतिज्ञले दुई नेपाली महिलाको यौन शोषणा गरेको खुलासा भएको छ ।

साउदी अरबका कुटनीतिज्ञले आफूहरुको अपहरण गरी गुडगाउँको एक फल्याटमा राखेर पटक पटक बलात्कार गरेको पीडित नेपाली महिलाले बताएका छन ।

नेपाली महिलालाई बन्धक बनाएर यौन शोषण गरेको थाहा पाएपछि माइती नेपालका दिल्लीमा रहेका प्रतिनिधिले प्रहरीमा उजुरी गरेका थिए । त्यसपछि भारतीय प्रहरीले फ्ल्याटमा छापा मारेर उनीहरुलाई उद्धार गरेको थियो ।

गुडगाउँ क्षेत्र हेर्ने प्रहरी अधिकारी सौरभ सिंहले महिलालाई उद्धार गरिएको र बलात्कारको बारेमा अनुसन्धान थालेको बताउनुभएको छ ।

तर अहिलेसम्म कसैलाई पक्राउ नगरेको गुडगाउँ प्रहरीले जनाएको छ । नेपाली महिलालाई राखिएको फल्याट दिल्लीस्थित साउदी अरबको दूतावासले भाडामा लिएको पाईएको छ ।

आफूहरुलाई पहिले साउदी अरबको जेद्दाहमा लगिएको र त्यहाँ पनि बलात्कार गरेको पीडित महिलाले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी