माग पुरा भए मात्र वार्ता: लेखी

माग पुरा भए मात्र वार्ता: लेखी

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

रौतहट, २३ भदौ । आदिवासी जनजाति महासङ्घका निवर्तमान अध्यक्ष तथा थारु नेता राजकुमार लेखीले तीन दलको हठका कारण मुलुक गम्भीर द्वन्द्वमा फस्न लागेको बताउनुभएको छ ।

आज चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले तराईमा जारी आन्दोलनलाई अहिलेसम्म सम्बोधन नगरिएको भन्दै थारु, मधेसी, आदिवासी, मुस्लिम तथा दलितलाई अधिकारबाट वञ्चित गरेर ल्याइने संविधान मान्य नहुने बताउनुभयो ।

उहाँले समावेशीता, सङ्घीय, समानुपातिक र धर्म निरपेक्षतालगायतका आफ्ना माग सम्बोधन भए आन्दोलन स्थगित हुने बताउँदै आन्दोलनका क्रममा घाइते भएकाको उपचार, हिरासतमा रहेकाको रिहाइ र मैदानमा ल्याइएका नेपाली सेना फिर्ता बोलाए मात्र वार्ताको वातावरण बन्न सक्ने जिकिर गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी