एक जनाको ज्यान गएसंगै भारदहमा कर्फ्यु

एक जनाको ज्यान गएसंगै भारदहमा कर्फ्यु

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

सप्तरी, २३ भदौ ।

सप्तरीको भारदह आसपास स्थिति अनियन्त्रित बनेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आज दिउसो २ बजेदेखि कर्फ्यु लगाउने निष्कर्ष निकालेको हो ।

पूर्वमा कङ्कालनी मन्दिभन्दा पाँच सयमिटर पूर्व, उत्तरमा पोर्ताहा चोक बस स्ट्यान्डदेखि पाँच सय मिटर उत्तर, पश्चिममा बारदह टेम्पु स्ट्यान्डदेखि ३ सय मिटर पश्चिम र दक्षिणमा सकरदही नहरदेखि पाँच सयमिटर दक्षिण सम्मको क्षेत्रमा कफ्र्यु आदेश गरिएको जिल्लाका प्रहरी प्रमुख एसपी शिशिरकुमार कर्माचार्यले बताउनुभयो ।

उहाँका अनुसार कर्फ्यु भोलि बिहान ६ बजेसम्मका लागि जारी गरिएको हो ।

उता बिराटनगर भन्सार कार्यालयको सुरक्षार्थ खटिएका प्रहरीमाथि मधेसी मोर्चाका कार्यकर्ताले आक्रमण प्रयास प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

सीमावर्ती भन्सार कार्यालय नजिकै रहेको प्रहरी बिट जलाउन पुगेका प्रदर्शनकारीले ड्युटीमा रहेका तीनजना प्रहरीलाई पेट्रोल खन्याएर जिउँदै जलाउन खोजेका थिए ।

आफूहरुमाथि आक्रमण भएपछि भन्सार कार्यालय सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र जनपथ प्रहरीले हवाई फायर गरेका छन् । प्रदर्शनकारीको हानेको ढुंगाले लागेर ३ जना प्रहरी घाइते भएका छन् ।

झडपका क्रममा सशस्त्रले १० र जनपथ प्रहरीले १ राउन्ड हवाई फायर गरिएको बिराटनगर भन्सार कार्यालय सरक्षार्थ खटिएका इन्स्पेक्टर गंगाप्रसाद पौडेलले जानकारी दिनुभयो ।

अराजक शैलीमा प्रस्तुत भएका मधेसी मोर्चाका कार्यकर्ताले भन्सार कार्यालय नजिक रहेका मानब बेचबिखनविरुद्ध सक्रिय माइती नेपाल र केआई नेपालको कार्यालय पनि तोडफोड गरेका छन् । झडपछि अहिले बिराटनगर भन्सारक्षेत्र तनावग्रस्त छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी