काठमाडौ, २३ भदौ । सप्तरीको भारदहमा प्रहरीको गोली लागेर आज एक जनाको मृत्यु भएको छ ।
झडपमा १ दर्जन भन्दा बढि घाईते भएको छन् । सवारी साधनहरु स्कर्टिङ गरेर गन्तव्यतर्फ लैजान लाग्दा प्रदर्शनकारीले अवरोध गरेपछि झडप भएको थियो ।
झडपमा प्रहरीले चलाएको गोली लागेर पोर्ताहा २ का ६० वर्षीय रामकिसन राउतको घटनास्थलमै मृत्यु भएको हो । सो स्थानमा अहिले पनि तनाव जारी छ । प्रहरी र प्रदर्शनकारीबीच झडप बारम्बार भैरहेको छ ।
प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन दजनौँ राउण्ड अस्रुु ग्याँस प्रहार गरेको छ । प्रहरीले स्कर्टिङ गरेर गाडी पठाउने भनेपछि आन्दोलनकारीहरुले रुख ढालेर सडक अबरुद्ध पारेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline