काठमाडौ २३ भदौ । प्रधानमन्त्री सुशील कोइराला राष्ट्र संघीय महासभामा भाग लिन अमेरिका जानु हुने भएको छ । राष्ट्र संघको ७० औं महासभामा सहभागिताका साथै स्वास्थ्य परीक्षणका लागि उहा न्यूयोर्क जान लागेका हुन ।
दुई साता लामो बसाइका लागि उहा आगामी असोज ६ गते त्यस तर्फ प्रस्थान गर्नुहुनेछ ।
प्रधानमन्त्री कोइरालाले आगामी असोज १४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । मन्त्रिपरिषद्को अब बस्ने बैठकमा भ्रमण कार्यक्रम सम्बन्धी प्रस्ताव हुने बताइएको छ ।
प्रमुख तीन दलले संविधानसभाबाट भदौभित्रै संविधान जारी गर्ने प्रक्रिया अघि बढाएको र प्रस्तावित सिमांकनको विरोधमा विभिन्न जिल्लामा आन्दोलन चर्किरहेका बेला प्रधानमन्त्रीको भ्रमण तालिका तय भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline