काठ र सवारीसाधन लिलाम नहुँदा नष्ट हुने अवस्थामा

काठ र सवारीसाधन लिलाम नहुँदा नष्ट हुने अवस्थामा

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

इलाम, भदौ २२ गते ।

जिल्लाको दक्षिणी सेक्टर वन कार्यालय सुखानी, दानाबारीमा विभिन्न समयमा बरामद गरिएका सवारीसाधन र काठसहित करोडौँका सम्पत्ति नष्ट हुने अवस्थामा पुगेका छन् ।

तस्करले तस्करीमा प्रयोग गरिएका बस, ट्रक, ट्याक्टर, साइकल र काठले कार्यालय परिसर भरिभराउ भएको छ । कार्यालयले बरामद गरिएका त्यस्ता सवारीसाधन र काठ समयमै लिलामी नगर्दा दुई करोडभन्दा बढीका सम्पत्ति त्यसै खेर गइरहेको छ ।

सेक्टर वन कार्यालयमा छ हजार २८३ क्युफिट काठ अलपत्र भएको छ । पाँच वटा ट्याक्टर, एक÷एक वटा बस, पिकअप, दुई वटा मोटरसाइकल र २१ साइकल कार्यालय परिसरमै थन्किएका छन् ।

काठ लिलाम नहुँदा करिब रु एक करोड २४ लाख ६७ हजार मूल्य बराबरको सालको काठ सड्ने अवस्थामा पुगेको दक्षिणी सेक्टर दानाबारीका सहायक वन अधिकृत वसन्तबाबु श्रेष्ठले बताउनुभयो ।
यस्तै करिब रु ८५ लाखभन्दा बढीका सवारीसाधन खिया लागेर नष्ट हुने क्रममा छन् ।

कार्यालयले आव २०७१÷०७२ मा मात्रै एक हजार २०८ क्युफिट सालको काठ बरामद गरेको छ । कार्यालयमा आठ वर्षदेखि बेवारिसे रूपमा राखिएका सालका काठ छन् । लामो समयदेखि थन्किएका काठ लिलामीका लागि प्रक्रिया सुरु गरिसकेको जिल्ला वन कार्यालय इलामले जनाएको छ ।

यस्ता सामग्रीको समयमै लिलामी नहुँदा राज्यलाई लाखौँ रुपैयाँ घाटा भइरहेको दानाबारीका हरि असिम अधिकारीले बताउनुभयो ।काठ तस्करीमा संलग्न ४१ जनाविरुद्ध जिल्ला वन र जिल्ला अदालतमा मुद्दा दायर गरिएको सहायक वन अधिकृत श्रेष्ठले बताउनुभयो ।

अदालत तथा वन कार्यालयबाट मुद्दा फैसला ढिलो हुँदा बरामद गरिएका काठ र सवारीसाधन लिलाम बिक्रीमा समस्या उत्पन्न हुने गरेको समेत सेक्टर वन कार्यालयले जनाएको छ ।सामुदायिक वन संरक्षणको जिम्मा पाएका उपभोक्ता समितिका जिम्मेवार पदाधिकारी पनि तस्करीमा संलग्न भएकाले मुद्दा खेपिरहेका छन् ।

अहिलेसम्म ६० मुद्दाका १६० जना मुद्दामा छन् । तीमध्ये कतिपय भने फरार रहेको वन कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी