मनमोहन अस्पतालद्वारा ४ जना क्यान्सर रोगीको सफल उपचार गरेको दावी

मनमोहन अस्पतालद्वारा ४ जना क्यान्सर रोगीको सफल उपचार गरेको दावी

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

झापा २२ भदौ ।

मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडले ४ जना क्यान्सर रोगीको सफल उपचार गरेको दावी गरेको छ ।

मेचीनगरपालिका स्थित काँकरभिट्टनिवासी ५४ वर्षीय कृष्णमाया सुवेदी डाँगीको पाठेघरको क्यान्सरको सफल उपचार गरेसंगै अस्पतालले ४ जनाको सफल उपचार गरेको दावी गरेको हो ।

एकवर्ष अगाडिदेखि क्यान्सर रोगबाट थलिनुभएकी डाँगीको अस्पतालका स्त्री तथा प्रशुति रोग विषेशज्ञ डा.एकराज गौतमले शल्यक्रिया गरेसंगै उहाँको सफल उपचार भएको मनमोहन मेमोरियल सामुदायिक अस्पतालका रोमणि भट्टराईले बताउनुभयो ।

उपचारमा सम्लग्न चिकित्सक डा गौतमले झापामा अत्याधिक मात्रामा अहिले क्यान्सरका विरामी देखा पर्न थालेकाले खानपानमा सर्तक रहन आग्रह गर्दै भन्नुभयो–‘ उहाँमा फस्ट इस्टेजको क्यानसर भएकाले उपचारमा सहज भएपनि अन्य तीन जनाको जटिल प्रकारको क्यान्सको समेत हामीले सफल उपचार गरेका छौ ।’

यता आफनी आमाको उपचारका लागि आउनुभएका दीपक डाँगीले अस्पतालले गुणस्तरीय सेवा प्रदान गरेको बताउनुभयो ।

एक वर्ष अगाडि अस्पतालमा आएर आमाले स्वास्थ्य जाँच गराएको बताउँदै उहाँले भन्नुभयो– ‘ आमालाई विश्वास नलागेर अन्यत्र उपचारका लागि जानुभयो तर यहीबाट रोग जाति हुन्छ भनेको सुनेर फेरि यही उपचार गरायौ अहिले आमा पूर्ण रुपमा निको हुनुभयो ।

’ आमालाई रेडियो थेरापी गराउनुपर्छ डाक्टरले भनेका छन् भन्दै उहाँले थप्नुभयो–यतिका सुविधा यहीबाट पाएकाले हामीलाई मात्र नभई मेची अञ्चलवासीलाई नै यसले राहत पु¥याउछ भन्ने मलाई लागेको छ ।

क्यानसर रोगबाट पीडित भएकी डाँगीको उपचार डा गौतम सहित ४ जना डाक्टरको टोलीले गरेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी