दक्षिण कोरीयामा ४ नेपाली पक्राउ

दक्षिण कोरीयामा ४ नेपाली पक्राउ

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ,२२ भदौ ।

दक्षिण कोरियामा ४ जना अवैधानिक नेपाली कामदार पक्राउ परेका छन । थेगु सहर क्षेत्रबाट पक्राउ परेका १३ अवैधानिक विदेशी कामदार मध्ये ४ नेपाली रहेका छन ।

कोरियाली अध्यागमन विभागका कर्मचारीले सन्जु बसपार्क नजिकै रहेको केसी टेक नामक सिएनसी कम्पनिमा काम गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेका गरेको हो ।

पक्राउ परेका मध्ये ४ भियतनामी र ५ जना चिनियाँ कामदार रहेका छन । नेपाली कामदारहरु उक्त कम्पनीमा केहि हप्ता अघिमात्र आएको त्यस क्षेत्रमा काम गरिरहेका एक नेपालीले जानकारी दिए । ती नेपालीका अनुसार अध्यागमन विभागका कर्मचारीहरु एकै चोटी कम्पनीमा प्रवेश गरेर धडपकड सुरु गरेको थिए ।

कम्पनीमा धडपकड भएपछि रात्रीकालीन काम गरेर सुतिरहेका अन्य कामदारबीच भागाभाग भएको थियो । यसअघि गत अगस्ट १२ तारिखमा पनि त्यस क्षेत्रमा डाइकस्टिङ कम्पनी काम गरिरहेका ३ महिला र ४ पुरुष गरि ७ नेपाली कामदार पक्राउ परेका थिए ।

कोरियामा अन्य देशको तुलनामा नेपाली अबैधानिक कामदार न्यून रहेको छ । पछिल्लो चरणमा भने भिसा अवधि सकेर अबैधानिक बस्ने नेपाली कामदारको संख्या बढ्दो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी