काठमाडौँ, २२ भदौ ।
विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोजमा चितवनमा हुने भएको छ ।
‘प्रतिगामी संविधान र राष्ट्रघात विरुद्ध एकीकृत जनक्रान्तिको अभियान,जनशिक्षा र जुझारु सङ्गठनका लागि २० औं राष्ट्रिय सम्मेलन’ भन्ने नाराकासाथ अखिल क्रान्तिकारीले २० औं राष्ट्रिय सम्मेलन असोज १२ र १३ गते गर्दैछ ।
देशैभर राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी अगाडि बढेको उपाध्यक्ष पूर्णबहादुर सिंहले मिरर्मिरेलाई जानकारी दिनुभयो । अखिल क्रान्तिकारी सम्मेलनको तयारीका लागि बनाइएका विधान तथा प्रतिवेदन, आर्थिक, प्रचारप्रसार र व्यवास्थापन
समितिले काम तिब्र रुपमा गरिरहेको सिंहले बताउनु भयो ।
उहाका अनुसार सम्मेलनको तयारीको लागि देशभर भित्तेलेखन र विभिन्न ठाउँमा पोष्टर टाँस्ने काम भइरहेका छन् । सम्मेलन हुँन बाँकी जिल्लाहरुले पनि सम्मेलन सम्पन्न गरिरहेका छन ।