काठमाण्डौ,२२ भदौ ।
नेपाली कांग्रेसका मधेशी र थारु सभासद्ले असन्तुष्ट दल र समूहका माग समेत सम्बोधन गरी संविधान जारी गर्न पाटी नेतृत्वलाई सुझाव दिएका छन ।
प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालासँग आज भेट गरी सभासद् फरमुल्लाह मन्सुर, बुद्धिसागर चौधरी सितादेवी यादव लगायतले असन्तुष्टलाई समेत संविधान निर्माण प्रक्रियामा समावेश गराउनुपर्ने सुझाव दिएका छन ।
यस्तै उनीहरुले नागरिकता र समावेशी समानुपातिक प्रतिनिधित्वको विषयमा अन्तरिम संविधानको व्यवस्थानै कायम हुनुपर्ने धारणा राखेका छन । प्रधानमन्त्री एवं कंग्रेस सभापति कोइरालाले तराईमा उत्पन्न समस्या समाधानवारे पार्टीका मधेसी तथा थारु सभासदसँग छलफल आयोजना गर्नुभएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline