सहमति तोडेको भन्दै फेरि अनशन बस्ने डा केसीको चेतावनी

सहमति तोडेको भन्दै फेरि अनशन बस्ने डा केसीको चेतावनी

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ,२२ भदौ ।

त्रिबी शिक्षण अस्पतालका बरिष्ठ हाडजोर्नी रोग बिशेषज्ञ डा गोबिन्द्र केसीले भदौ २५ गतेदेखी पुनः अनशन बस्ने चेतावनी दिनु भएको छ ।

सरकारले सहमति गरेको दुई दिनमै सहमति तोडेको भन्दै केसीले आज बिज्ञप्ती जारी गरी पुनह अनसन बस्ने चेतावनी दिनुभएको हो ।

मन्त्रिपरिषदको बैठकले सम्झौता अनुसार चिकित्सा शिक्षा आयोग गठन गर्ने निर्णय नगरी मन्त्रिपरिषदको सामाजिक समितिलाई जिम्मा लगाएपछि सरकारकातर्फबाट धोका भएको भन्दै केसीले आफूसँग भएको सम्झौता अक्षरशः कार्यान्वयन नभए पुनः आमरण अनशन बस्ने बताउनु भएको छ ।

भदौ १९ गते राती सरकारका प्रतिनिधि र डा. केसीबीच चिकित्सा शिक्षा आयोग गठन गर्ने सहमती भएको थियो । २४ गतेसम्म सम्झौता अक्षरशः पालना गर्न केसीले सरकारलाई अल्टिमेटम दिनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी