काठमाण्डौ,२२ भदौ ।
आज ३६ औं राष्ट्रिय शिक्षा दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै छ । दिवसको अवसरमा २ सय २९ जना छात्रछात्रालाई नेपाल विद्या भूषण प्रदान गरीएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति डाक्टर रामबरण यादवले १ सय ४१ जनालाई ‘क’ श्रेणी, ७४ जनालाई ‘ख’ श्रेणी र १४ जनालाई ‘ग’ श्रेणीको नेपाल विद्या भूषण पदक प्रदान गर्नुभएको हो ।
यस्तै स्नातक तहतर्फको २०७१ सालको नेपाल छात्रा विद्यापदक ३१ जना र प्रमाणपत्र तह तर्फको नेपाल छात्रा विद्यापदक ८ जनालाई प्रदान गरिएको छ । कार्यक्रममा राष्ट्रपति डाक्टर यादवले समावेशी, समतामूलक, प्रतिपर्धी र गुणस्तरीय शिक्षा राष्ट्र विकासका लागि अपरिहार्य रहेको बताउनु भयो ।
उहाले उत्पादनशील जनशक्तिका लागि सवै तहमा शिक्षाको पहुँच अनिवार्य रहेको भन्दै सवै तहमा शिक्षाको पहुँच र्पुयाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ ।