संविधानसभाको बैठक दिउँसोका लागि सारियो

संविधानसभाको बैठक दिउँसोका लागि सारियो

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ २२ भदौ ।  आज बिहान ११ बजेका लागि बोलाइएको संविधानसभाको बैठक २ बजेका लागि सारिएको छ ।

आबश्यक तयारी नपुगेको भन्दै संविधानसभाको बैठक २ बजेका लागि सारिएको संविधानसभा सचिवालयले जनाएको छ ।

आजको बैठकमा सभासदहरुले राखेका संसोधन प्रस्ताब माथी दफाबार छलफल हुने कार्यसुची छ ।

बैठकमा संविधानको विधेयकमाथि परेका ५६ वटा संशोधन क्रमैसँग प्रस्तुत भएपछि संशोधन र विधेयकका दफामा एकमुष्ट छलफल सुरु हुनेछ ।

संविधानसभामा दर्ता गराएका संशोधन प्रस्ताव मध्ये हिजोसम्ममा केही सभासदले प्रस्ताव फिर्ता लिएको संविधानसभा सचिवालयले जनाएको छ ।

मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संसोधन प्रस्ताव माथीको दफावार छलफल गरियोस भन्ने प्रस्ताव राख्नु भएपछि छलफल सुरु हुनेछ ।

सभाध्यक्ष सुवास नेमवाङले एमाओवादी सहितका प्रमुख दलहरुलाई शासकीय स्वरुप लगायका फरक मतलाई आफ्नो राजनितिक अडानका रुपमा संविधानसभामा अन्तिम पटक रेकर्ड गराउन विशेष समय दिने तयारी गर्नुभएको छ ।

यस्तै दलहरुले पनि फरक मतलाई संशोधनको रुपमा दर्ता नगरी सिधै संविधानसभामा टेबल गराउने भएको छ । आगामी भदौ मसान्तसम्ममा संविधान जारी गर्ने तयारी भएपनि संविधानसभा सचिवालयले दफाबार छलफलका लागि समयसीमा र पारित गर्ने अन्तिम दिन तोकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी