काठमाडौ २२ भदौ ।
आज १२ औं निजामति सेवा दिवस सरकारले विभिन्न कार्यक्रम गरि मनाउँदैछ । सरकारी सेवामा कार्यरत कर्मचारीले आज राजधानी सहित देशभर विविध कार्यक्रम गरी मनाउँदैछन् ।
दिवसका अवसरमा आज बहान काठमाण्डुमा प्रभात फेरि निकालीएको छ । यस वर्ष दिवसको नारा ‘भाषण नगर काम गर’ भन्ने तय गरिएको छ । नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा आज बिहान दशरथ रंगशालामा मुख्य सचिव ११ र ट्रेड युनियन ११ बीच मैत्रीपूर्ण फुटबल हुँदैछ । सरकारी तथ्यांक अनुसार नेपालमा हाल झण्डै ८० हजार निजामती कर्मचारी रहेका छन् ।
यसै अवसरमा सामान्य प्रशासन मन्त्रालयले १० उत्कृष्ट निजामति कर्मचारीलाई पुरस्कृत गर्देछ भने ४० जना पुर्व निजामति कर्मचारीलाई पनि सम्मान गरिने भएको छ ।
विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिनको सम्झनामा हरेक वर्ष भदौ २२ मा निजामति दिवस मनाउन थालिएको हो ।