धादिङ बस दुर्घटनामा ज्यान गुमाउनेको सख्या ६ पुग्यो (नाम सहित)

धादिङ बस दुर्घटनामा ज्यान गुमाउनेको सख्या ६ पुग्यो (नाम सहित)

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, २२ भदौ ।

धादिङको जीवनपुरमा हिजो बेलुकी भएको बस दुर्घटनामा ज्यान गुमाउने सबै ६ जनाको सनाखत भएको छ ।

प्रहरीका अनुसार ५५ वर्षिय प्रकास तिमल्सिना, ४० वर्षिया प्रमिला ढुंगाना, ५५ वर्षिया ठूलीकान्छी तामाङ, १९ वर्षिया रजिंता ढुंगाना, १९ वर्षिया अन्जु तामाङ र ५० वर्षिया कान्छी रेग्मीको ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएका ३३ जनालाई हिजौ काठमाडौं पठाइसकिएको र उनिहरुको बिवभन्न अस्पतालमामा उपचार भैहरेको प्रहरुले जनाएको छ ।मृत्यु हुने सबै धादिङ जीवनपूरका रहेका छन् ।

गम्भीर घाइतेको न्यूरो अस्पतालमा, १७ जनाको वीर अस्पतालको ट्रमा सेन्टर र वीर अस्पतालमा तथा अरु घाइतेको विभिन्न अस्पतालमा उपचार भैहरेको छ ।

ललितपुरको गोदावरीमा मेला भरेर फर्केका तिर्थालु चढेको बा २ ख २३२१ नम्बरको बस टायर पञ्चर भएर हिजो जीवनपुर गाविसको चिउरीबोटमा सडकबाट तल खसेको थियो । बसमा ४० जना भन्दा बढि यात्रु सवार रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी