निगमको बोइङ जहाज विस्थापित हुने

निगमको बोइङ जहाज विस्थापित हुने

  • सोमवार, भदौ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ २१ भदौ ।

नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको अमेरिकी जहाज निर्माता कम्पनीका बोइङ ७५७ विस्थापित गर्ने भएको छ ।

निगमले दुई दशकदेखि उडान गरिरहेको ९ एन एसीए र एसीबी नामक दुई ओटै बोइङ विस्थापित गरेर एयरबसको वाइडबडी जहाज ल्याउने तयारी गरेको हो । यस विषयमा गृहकार्य भइरहेको निगमका महाप्रबन्धक  सुगतरत्न कंसाकारले जानकारी दिनुभयो ।

बोइङ पुरानो भएकाले मर्मत खर्च धेरै हुँदा सन्चालन गर्न नसकिने अवस्थामा पुगेको भन्दै निगमले बोइङ हटाएर एयरबसकै वाइडबडी ल्याउने तयारी गरेको कंसाकारले बताउनुभयो ।

यसैबीच निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका चारवटै जहाज हिजो बिहान ग्राउन्डेड भएका छन् । दुई वटा बोइङ र दुईवटा एयरबसका जहाज भएपनि एकैपटक चारवटै जहाज ग्राउन्टेड भएको निगमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी