भदौ २१ काठमाण्डौं ।
प्रा.डा. गोविन्द केसीसाग सरकारले ११ बुादे सम्झौता गरे पछि त्यसको विरुद्धमा उत्रिएका निजी मेडिकल कलेज संञ्चालकहरुले आज पनि कालोपट्टि बाधेर काम गर्दै छन् ।
उनीहरुले हिजो पनि कालोपट्टि बाधेर काम गरेका थिए ।
सम्झौतापछि केसीले अनसन नतोड्दै निजी मेडिकल कलेज सञ्चालकहरुको समूह एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालले विरोध जनाएको थियो ।
उनीहरुले भोलिदेखि आकस्मिकबाहेकका निजी स्वास्थ्य संस्था ठप्प पारिने घोषणा गरेका छन् ।
मेडिकल कलेज सञ्चालकहरुले एमबीबीएसको कोटा घटाउने, शुल्क अधिकतम ३५ लाख बनाउने लगायतका सम्झौताप्रति आपत्ति जनाएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline