देशका विभिन्न क्षेत्रमा भएको आन्दोलनमा २९ जनाको मृत्यु

देशका विभिन्न क्षेत्रमा भएको आन्दोलनमा २९ जनाको मृत्यु

  • आइतवार, भदौ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ,२० भदौ ।

सीमांकनप्रति असन्तुष्ट व्यक्त गर्दै देशका विभिन्न क्षेत्रमा भएको आन्दोलनमा हालसम्म २९ जनाको मृत्यु भएको छ। ब्यबस्थापिका संसदमा घटनाबारे जानकारी गराउँदै गृहमन्त्री बामदेव गौतमले आन्दोलनका क्रममा १० सुरक्षाकर्मी सहित २९ जनाको मृत्यु भएको बताउनुभयो ।

आन्दोलनमा प्रहरीले अधिकतम संयमता अपनाएको उहाँको भनाई छ । प्रदर्शकारी उग्र बन्दै सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि मात्र प्रहरीले जवाफी कारबाही गरेको उहाको दाबी छ । विभिन्न क्षेत्रमा भएको आन्दोलनमा आन्दोलनकारी अत्याधुनिक हतियार सहित प्रस्तुत भएको मन्त्री गौतमले बताउनु भयो ।

उहाले आन्दोलन साम्प्रदायिक सद्भाव विथोल्ने तर्फ केन्द्रित भएको बताउनुभयो । गौतमका अनुसार आन्दोलनमा सुरक्षाकर्मीतर्फ ८३ जना घाइते भएका छन् भने १ सय १२ प्रदर्शनकारी घाइते भएका छन ।

यस्तै १ सय ७२ वटा सवारीसाधनमा तोडफोड भएका छन् भने सरकारी र निजी गरी ४४ वटा भवनमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी