काठमाडौ २० भदौ ।
संयुक्त मधेशी मोर्चाले आह्वान गरेको तराई बन्द आज २३ औं दिन पनि जारी छ । बन्दका कारण सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन प्रभावित बनेको छ ।
उता चतवनदेखि कञ्चनपुरसम्म थरुहट संघर्ष समितिले गरेको बन्द २७ दिनमा पुगेको छ । पश्चिमी केही जिल्लामा संयुक्त मधेशी मोर्चाको बन्द पनि यथावत छ ।
दोहोरो बन्दको मार खेपिरहेका पश्चिमी जिल्लामा सबैभन्दा बढी सास्ती यातायात व्यवसायीहरुले खेप्नु परेको छन् ।
यसैबीच, पर्साको वीरगन्ज आसपासका क्षेत्रमा जारी कर्फ्यु आज केही खुकुलो पारिएको छ । यद्यपि कफ्र्यु अझै पूर्ण रुपमा हटाएको भने छैन ।
सुरक्षा संवेदनशीलतालाई हेरि भदौ १४ गतेबाट यस क्षेत्रमा कर्फ्यु जारी गरिएको थियो । हिजो बिहान ९ बजेदेखि २ बजेसम्मको लागि कर्फ्यु हटाएपनि पुनः २ बजेदेखि लगाइएको थियो ।
लगातारको कर्फ्युले स्थानीयको जवजिवन निकै कष्टकर बन्दै गएको छ ।
गत सोमबार प्रहरीले चलाएको गोली लागि मृत्यु भएका पाँचै जनाको हिजो सामूहिक अन्त्येष्टि गरिएको छ ।