काठमाडौं, २० भदौ ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा रहेको सङ्घीय लोकतान्त्रिक मोर्चा संविधानसभाका सबै प्रक्रियाबाट वाहिरिएकोे छ ।
नेपालको नयाँ संविधानको परिमार्जित विधेयक २०७२ माथि प्रस्तुत गरेको संशोधनले मुलुकमा विद्यमान द्वन्द्व समाधान नगर्ने निष्कर्षसहित मोर्चा संविधानसभाका प्रक्रियाबाट अलग हुने निष्कर्षमा पुगेको हो ।
मधेसी, आदिवासी, जनजाति, मुस्लिम र थारु समुदायले अपेक्षा गरेअनुरुप प्रमुख तीन दलबाट संशोधन प्रस्ताव नआएकाले आफूहरु यो निर्णयमा पुग्न बाध्य भएको फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले बताउनु भयो ।
सचेतक चौधरीले फोरम लोकतान्त्रिकले संविधान लेखन प्रक्रियामा पु¥याएको योगदानलाई प्रमुख राजनीतिक दलले अवमूल्यन गरेकाले भन्दै अब नागरिकको माझमा जाने निर्णय गरिएकोे बताउनुभयो ।
मोर्चामा आबद्ध फोरम लोकतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकको हिजो बेलुका बसेको संयुक्त बैठकले संविधान लेखनको अहिलेसम्मको चरणमा पार्टीले जिम्मेवारपूर्ण रुपमा योगदान र्पुयाएको ठहर गरेको थियो ।