७ प्रदेश नै राखिने : सीमांकनबारे आयोगले अन्तिम टुंगो लगाउने

७ प्रदेश नै राखिने : सीमांकनबारे आयोगले अन्तिम टुंगो लगाउने

  • शनिबार, भदौ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ, १९ भदौ ।

दलहरुले हाल बनाएको ७ प्रदेशन नै कायम राखेर सीमांकनबारे सीमांकनसम्बन्धी आयोगले अन्तिम टुंगो लगाउने सहमति कायम गरेका छन् ।

संविधानको विधेयक संशोधनका लागि सहमतिका आधारमा संयुक्त प्रस्ताव दर्ता गर्न चार दल सहमत भएको नेकपा एमालेका नेता माधवकुमार नेपालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली कांग्रेस, एमाले, एकीकृत माओवादी र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताको बैठकले संविधानमा धर्म निरपेक्षता नै राख्ने र यसको ब्याख्या गर्ने निर्णय गरेको छ ।

संवैधानिक अदालतको ठाउँमा संवैधानिक इजलास राखिने सहमति भएको छ ।जनजाती, मुस्लिम, मधेसी र थारु आयोग गर्ने र १० बर्षमा पुनरावलोकन गर्ने बारेमा सहमति भएको नेपालले जानकारी दिनुभयो ।

बाग्लुङ्गलाई विभाजन नगर्ने तर रुकुमको बारेमा भने सीमांकन आयोगले टुंगो लगाउने छ । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार केहि छिन मात्र बसेर बैठकस्थलबाट बाहिरिनुभएको छ ।

एमाले नेता नेपालले सहमति भनेको दावी गरेपनि सहमति पत्रमा चारदलका नेताले हस्ताक्षर गरेका छैनन् । संविधान विधेयकमा संशोधनका लागि आजसम्ममा संविधानसभा सचिवालयमा प्रस्ताव दर्ता गरिसक्नु पर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी