आन्दोलनरत पक्षहरुको माग सुनुवाई हुन्छ : नेम्वाङ

आन्दोलनरत पक्षहरुको माग सुनुवाई हुन्छ : नेम्वाङ

  • शनिबार, भदौ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ, १९ भदौ ।

संबिधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आन्दोलनरत पक्षहरुको माग सुनुवाई हुने बताउँदै वार्तामा आउन आग्रह गर्नुभएको छ ।

उहाँले वार्ताको माध्यमबाटै सबै समस्याको सम्बोधन हुने भन्दै जायज मागको सम्बोधन हुने बताउनुभएको हो । लायन्स क्लबले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, आन्दोलनरत पक्षहरु वार्तामा आउनुपर्छ, संविधानमा सबैको भावनाको कदर हुन्छ भन्ने म विस्वास दिलाउन चाहन्छु ।’

उहाँले संविधान जारी भइसकेपछि पनि संविधान संसोधन हुन सक्ने भन्दै विश्वका विभिन्न देशमा पनि सबैको मागको उचित सुनुवाईको लागि यस्तै व्यवस्था रहेकाले आन्दोलनरत पक्ष आत्तिनु पर्ने अवस्था नरहेको बताउनुभयो ।

हाल मितिको घोषणा गर्न सम्भव नभएपनि भदौ महिनाभित्रै संविधान जारी हुने समेत सो अवसरमा नेम्वाङले दाबी हुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी