विधेयक संशोधनको प्रस्ताव संयुक्त रुपमा लैजान चार दल सहमत

विधेयक संशोधनको प्रस्ताव संयुक्त रुपमा लैजान चार दल सहमत

  • शनिबार, भदौ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ १९ भदौ ।
प्रमुख चार दलका शीर्ष नेताहरुबीच संविधानको विधेयक संशोधनको प्रस्ताव संयुक्त रुपमा लैजाने सहमति भएको छ् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठकले संविधानको विधेयक संशोधनको प्रस्ताव संयुक्त रुपमा दर्ता गर्ने सहमति गरेको हो ।

बैठकपछि नेताहरुले विवादित सबै विषयको टुंगो आज नै लाग्ने बताएका छन् । उनीहरुले फरक मत आएमा वक्तव्यका रुपमा सार्वजनिक गर्ने सहमति समेत भएको जनाएका छन् ।

संशोधनको प्रस्ताव तयार पार्न केही बेरमै संयुक्त बैठक बस्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी