काठमाडौ १९ भदौ ।
समग्र बाग्लुङलाई प्रदेश नम्बर ४ मा राख्न माग गर्दै आज बाग्लुङ बजारमा अखण्ड बाग्लुङ पक्षधरले सडकमा सुतेर प्रदर्शन गरेका छन् ।
प्रमुख चार दलले जिल्लालाई प्रदेश सिमांकनका क्रममा जिल्लालाई चार र पाँच नम्बर प्रदेशमा विभाजन गरेकोप्रति असन्तुष्टी जनाउदै उनीहरुले लोकतान्त्रिक चोकबाट धौलागिरी चोकसम्म सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।
जनचाहना विपरित जिल्ला विभाजन हुने गरि दलहरुले बनाएको प्रदेश सिमांकनको खाका सच्याउन माग गर्दै बाग्लुङमा आन्दोलन हुँदै आएको छ । बिहान करिब १५ मिनेट सम्म सडकमै सुतेर अखण्ड बाग्लुङ पक्षधरले प्रदर्शन गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline