प्रमुख चार दलको बैठक आज पनि बस्दै

प्रमुख चार दलको बैठक आज पनि बस्दै

  • शनिबार, भदौ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ १९ भदौ ।  

संविधानको विधेयकमा साझा संशोधन प्रस्ताव बारे ठोस धारणा बनाउन प्रमुख चार राजनितिक दलको बैठक आज पनि बस्दैछ ।

दुई तिहाई बहुमतबाट संविधानको मस्यौदा विधेयकमा संशोधन प्रस्ताव मार्फत आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्न साझा प्रस्तव ल्याउने बारे छलफल गर्न चार दलको बैठक बस्न लागेबो हो ।

बिहान ९ बजे पछि बस्ने कांग्रेस, एमाले, एकिकृत नेकपा माओवादी र फोरम लोकतान्त्रिकका शिर्ष नेता सम्मिलित बैठकले साझा संशोधनका विषयमा ठोस प्रस्ताव ल्याउने बताइएको छ ।

संविधान सभाले विधेयक माथि संशोधन प्रस्ताव दार्ताका लागि आज सम्मको समयसीमा तय गरेकाले प्रमुख दलहरुले संशोधन प्रस्ताव मार्फत आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने गरी तयारी अघि बढाएका छन् ।

यसअघि हिजो बालुवाटार स्थित प्रधानमन्त्री निवासमा बसेको प्रमुख चार दलको छलफलमा आज बिहान बस्ने बैठक मार्फत स्रशोधन बारे ठोस प्रस्ताव ल्याउने सहमति भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी