डा. केसीको पदाधिकारी र सरकारी पक्षबीच आज पनि वार्ता हुदै

डा. केसीको पदाधिकारी र सरकारी पक्षबीच आज पनि वार्ता हुदै

  • शनिबार, भदौ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ १९ भदौ । 

चिकित्सा शिक्षा सम्बन्धी माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन सहितका माग गर्दै अनशनमा रहनु भएका डा. गोबिन्द केसीको पदाधिकारी र सरकारी पक्षबीच आज पनि वार्ता हुदै छ ।

यसअघि हिजो राति अबेरसम्म भएको वार्तामा धेरैजसो कुरा मिलेको र केही मिल्न बाँकी विषयमा आज थप छलफल गरी टुंगोमा पुग्ने तयारी भैरहेको वार्तामा सहभागी डाक्टर जीवन क्षेत्रीले बताउनुभयो ।

माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयनमा सरकारी पक्ष सकारात्मक भएपनि थप माग सम्बोधनका विषयमा कुरा मिल्न बाँकी रहेको उहाको भनाई छ ।

डा.  क्षेत्रीका अनुसार पदाधिकारी नियुक्तीमा भैरहेको अनियमितता रोक्नुपर्ने तथा काठमाण्डू विश्व विद्यालयको सम्बन्धन स्थगन गर्नुपर्ने मागमा सरकार सहमत भएको छैन ।

यस्तै १३ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

डा. केसीको मागप्रति समर्थन जनाउदै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले गरेको ओपिडी सेवा बन्द आज पनि जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी