कर्मचारीतन्त्रमा सुधार नआउँदासम्म देश समृद्ध हुँदैन : सुवेदी

कर्मचारीतन्त्रमा सुधार नआउँदासम्म देश समृद्ध हुँदैन : सुवेदी

  • शुक्रबार, भदौ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ, १८ भदौ ।

नेपाल सरकारका मुख्य सचिव सोमलाल सुबेदीले जबसम्म ब्याप्त कर्मचारीतन्त्रमा सुधार आउँदैन तबसम्म नेपाल समृद्ध हुनै नसक्ने बताउनुभएको छ ।

१२ औँ निजामति सेवा दिवसको अवसरमा शुक्रबार स्थानिय बिकाश मन्त्रालयमा आयोजित निजामति सेवाको सपना : समृद्ध नेपालको रचना बिषयक अन्तक्रियामा बोख्दै यस्तो बताउनुभएको हो ।
देशको अस्थिर तथा मनपरी राजनिती नै त्यसको मुख्य कारण भएको उहाँले बताउनुभयो । कुनै पनि प्रशासन तथा कार्यालयमा जनताले सहजै सेवा पाउन नसकेको स्वीकार पनि गर्नुभयो । आफुहरुले पाएको जिम्मेवारीलाई निष्पक्षरुपमा निर्वाह गरी देश बिकाशमा टेवा पुर्याउन उहाँले कर्मचारीहरुलाई सुझाव पनि दिनभयो ।

त्यस्तै निजामति सेवाको सपना : समृद्ध नेपालको रचना कार्यपत्र प्रस्तुत गर्दै प्रोफेसर डा. श्र्रीकृष्ण श्र्रेष्ठले सपना सुतेर नभई जागेर देख्नु पर्ने बताउनुभयो । देश र जनताको सेवा गर्ने सपना कार्य क्षेत्रमै देख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस्तै अन्तक्रियामा बोल्दै समान्य मन्त्रालयका सचिव टंकमणि शर्माले राज्यबाट प्रवाह हुुने सेवा सुविधा सहज उपलब्ध होस् भन्ने आफुहरुको उद्येश्य भए पनि चाहे जस्तो हुन नसकेको बताउनुभयो ।

अन्तक्रियामा बिभिन्न मन्त्रालयका सचिव तथा उपसचिवहरुले कार्यपत्र माथि आ आफ्ना धारणा रोखेका थिए । कार्यपत्रमा एक अध्ययनका अनुसार नेपाल बिश्वका बिभिन्न मुलुकहरुको समृद्धि सूचाङकमा १४२ मध्ये हाल ९६ स्थानमा रहेको उल्लेख गरिएको छ ।

जसअनुसार नेपालको स्थान अस्थिरतायुक्त देखिन्छ । उपस्थित सहभागिहरुले प्रस्तुत कार्यपत्र सुत्रबद्ध, सरल तर प्रभावकारी भएको बिचार ब्यक्त गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी