तीन सन्तान सहित आमा मृत फेला

तीन सन्तान सहित आमा मृत फेला

  • शुक्रबार, भदौ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, १८ भदौ ।

रोल्पा राँउ–७ भौलास्याल लम्पाखा भन्ने स्थानमा एकै परिबारका चारजना मृत अवस्थामा फेला परेका छन् । घटनास्थलमा २ वटा खाली बिषादीका बोत्तल समेत फेला परेको छ ।

मृत अवस्थामा फेला पर्नेहरुमा ३५ बर्षीया पवित्रा राना, उनको छोराहरु १२ बर्षीय भिमबहादुर राना, ९ बर्षीय गणेश राना र १४ बर्षीया छोरी प्युमाली राना रहेका छन् ।

पवित्रा राना माइत जान भनी छोरा छोरी लिएर हिडेकोमा राँउ–२ मा उनीहरुलाई मृत अवस्थामा फेला पारिएको थियो ।

यसैगरी जाजरकोट सकला–९ काव्ती मकैवारीमा सोही ठाउँ बस्ने ४८ बर्षीय लाल बहादुर खड्का मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी