निलम्वित सभासद्साह काठमाडौँ कारागार सारिए

निलम्वित सभासद्साह काठमाडौँ कारागार सारिए

  • शुक्रबार, भदौ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ,१८ भदौ ।

जनकपुर बम काण्डको अभियोगमा सिरहा कारागारमा रहेका निलम्वित सभासद् सञ्जय साह काठमाडौँ कारागार सारिएका छन् । साहलाई गय राति सिरहा कारागारबाट काठमाडौँ सारिएको हो ।

पछिल्लो २० दिनदेखि मधेसमा जारी आन्दोलनमा साहले जेलभित्रैबाट भूमिका निर्वाह गर्दै आएको आशङ्कामा काठमाडौँ सारिएको बताइएको छ । साहले जेलबाटै आफ्ना कार्यकर्ताहरुलाई आन्दोलनमा सघाउन निर्देशन दिने गरेको आशङ्का कारागार प्रशासनको रहेको थियो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले साहलाई कैदीहरुको ठाउँसारी गर्ने नियमित प्रक्रियाअनुसार काठमाडौँ पठाइएको बताउनु भयो । मिथिला राज्यको माग गर्दै जनकपुरको रामानन्द चोकमा गरिएको शान्तिपूर्ण आन्दोलनमा पाँचजनाको ज्यान जाने गरी गराइएको बम विष्फोटको प्रमुख आरोपी साहलाई भनिएको छ ।

साह विगत एक वर्षदेखि सिरहा कारागारमा थिए । विसं २०६९ वैशाख १८ गते भएको उक्त बम विष्फोटमा परी पाँचजनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढी मानिस घाइते भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी