झडपमा मुत्यु भएकालाई सहिद घोषणाको सिफारिस गरिने

झडपमा मुत्यु भएकालाई सहिद घोषणाको सिफारिस गरिने

  • शुक्रबार, भदौ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ,१८ भदौ ।

जिल्ला सुरक्षा समिति पर्साले दोहोरो झड्पमा परि मृत्यु भएका ५ जनालाई सहिद घोषणाका लागि गृहमन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको समितिको बैठकले गत सोमबार र मंगलबार पटक पटकको दोहोरो झड्पमा सुरक्षाकर्मीको गोली लागी ज्यान गुमाएका ५ जनालाई सहिद घोषणाका साथै आश्रति परिवारलाई राहत तथा आर्थिक सहायता उपलब्ध गराउन सिफारिस गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो ।

साथै बैठकले झड्पकै क्रममा घाइतेलाई निशुल्क उपचारका लागि समेत सिफारिस गर्ने निर्णय गरेको छ । यसैबिच दोहोरो झडपसँगै वीरगन्ज तनावग्रस्त बन्दै गएपछि स्थानीय प्रशासनले गत सोमबारदेखि जारी गरेको अनिश्चित कफ्र्यू केही खुकुलो पार्दै गएको छ । हिजो २ घन्टाका लागि कफ्र्यू हटाएको प्रशासनले आज ३ घन्टाको लागि हटाउने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी