काठमाडौ १८ भदौ ।
विभिन्न अनाथ तथा असहाय बाल बालिकाका लागि खोलिएको बाल सारथी एकेडेमीलाई लायन्स कलब अफ सामाखुसीले खाद्यन्न तथा फर्निचर सहयोग गरेको छ ।
राजधानीको पशुपति स्थित स्कुल प्राङ्गणमा आज एक कार्यक्रमका बीच लायन्स क्लब ३२५ बि १ का गभर्नर धु्रुब थापाको प्रमुख आतिथ्यमा २ वटा स्टीलको दराज, खाद्यन्न, स्टेसनरी, बच्चाका खेल सामग्री लगायत विरतण गर्नु भएको हो ।
हस्तान्तरण कार्यक्रममा लायन्स क्लब ३२५ बि १ का गभर्नर धु्रुब थापा, लगायत लायन्स क्लब सामाखुसीका अध्यक्ष विनय अग्रवाल, राजु ढकाल, राजन लम्साल, मान बहादुर रोक्का, धनराज लगायतका क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बालबालिकाको पठनपाठान तथा हेरचाहमा सहयोग पुरयाउने उदेश्यले उक्त सामग्री वितरण गरिएको क्लबले जनाएको छ ।
बाल सारथीका अध्यक्ष माला खरेलले लायन्स क्लब जस्तो सहयोगी संस्थाहरुको साथ र सहयोगका कारण बाल सारथी एकेडेमी यहासम्म आइपुग्न सफल भएको बताउनु भयो ।
२०६४ साल देखि अभिभावकत्व गुमाएका बालबालिकाहरुको हेरचाह तथा सहयोगमा समर्पित बाल सारथीमा हाल नर्सरी देखि ६ कक्षासम्म पठानपाठन हुदै आएको छ ।




