बाल सारथीलाई लायन्स क्लब सामाखुसीको सहयोग

बाल सारथीलाई लायन्स क्लब सामाखुसीको सहयोग

  • शुक्रबार, भदौ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौ १८ भदौ ।  
विभिन्न अनाथ तथा असहाय बाल बालिकाका लागि खोलिएको बाल सारथी एकेडेमीलाई लायन्स कलब अफ सामाखुसीले खाद्यन्न तथा फर्निचर सहयोग गरेको छ ।
राजधानीको पशुपति स्थित स्कुल प्राङ्गणमा आज एक कार्यक्रमका बीच लायन्स क्लब ३२५ बि १ का गभर्नर धु्रुब थापाको प्रमुख आतिथ्यमा २ वटा स्टीलको दराज, खाद्यन्न, स्टेसनरी, बच्चाका खेल सामग्री लगायत विरतण गर्नु भएको हो ।

हस्तान्तरण कार्यक्रममा लायन्स क्लब ३२५ बि १ का गभर्नर धु्रुब थापा, लगायत लायन्स क्लब सामाखुसीका अध्यक्ष विनय अग्रवाल, राजु ढकाल, राजन लम्साल, मान बहादुर रोक्का, धनराज लगायतका क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बालबालिकाको पठनपाठान तथा हेरचाहमा सहयोग पुरयाउने उदेश्यले उक्त सामग्री वितरण गरिएको क्लबले जनाएको छ ।
बाल सारथीका अध्यक्ष माला खरेलले लायन्स क्लब जस्तो सहयोगी संस्थाहरुको साथ र सहयोगका कारण बाल सारथी एकेडेमी यहासम्म आइपुग्न सफल भएको बताउनु भयो ।

२०६४ साल देखि अभिभावकत्व गुमाएका  बालबालिकाहरुको हेरचाह तथा सहयोगमा समर्पित बाल सारथीमा हाल नर्सरी देखि ६ कक्षासम्म पठानपाठन हुदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी