‘साझा प्रकाशन’ बचाउन सरकार सहयोग गर्छ : प्रम कोइराला

‘साझा प्रकाशन’ बचाउन सरकार सहयोग गर्छ : प्रम कोइराला

  • शुक्रबार, भदौ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ,१८ भदौ ।

प्रधानमन्त्री सुशील कोइरालाले नेपाली भाषा–साहित्यको धरोहरका रूपमा रहेको ‘साझा प्रकाशन’ लाई डुब्न नदिन सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

‘साझा बचाउ अभियान’ अन्तर्गत आज सो संस्थाका पदाधिकारी र वरिष्ठ स्रष्टासँगको भेटवार्तामा कोइरालाले संस्थाको कार्ययोजनाअनुसार आर्थिक घाटा पूर्ति तथा चालु पुँजी व्यवस्थापन गर्न माग भएको रकम निकासका लागि अर्थ मन्त्रालयलाई आग्रह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाले आर्थिक अनियमितताका कारण सो संस्था डुबेको सुन्नुपर्दा आफूलाई दुःख लागेको र नयाँ व्यवस्थापनले सुधारका कार्यक्रम अघि सारेकामा प्रसन्नता जनाउँदै सरकारी स्वामित्वमा रहेका संस्थालाई टिकाएर जनतालाई सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले तत्कालका लागि रु २० करोड रकम सहुलियत ऋण प्राप्त भएमा कर्मचारीमा स्वेच्छिक अवकाश र आन्तरिक सुधार गरी संस्थालाई नाफामा लान सकिने बताउनु भयो ।

गत साता शिक्षा मन्त्रालयले विद्यालय तहका पाठ्यपुस्तकको उत्पादन र वितरणमा जनक शिक्षा र साझा प्रकाशनलाई पुनः एकाधिकार दिने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी