काठमाडौं ,१८ भदौ ।
राप्रपा नेपालले मेडिकल शिक्षामा व्याप्त रहेको माफियाकरणको छानबिन र कारबाहीको माग गर्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेर्ने जनाएको छ ।
राप्रपा नेपालका १७ भातृ संगठनले दिउँसो आयोगको टंगालस्थित केन्द्रीय कार्यालय घेराउका साथै मेडिकल शिक्षाको माफियाकरणको छानविन र कारवाहीका लागि औपचारिक रुपमा निवेदन दर्ता गराउने बताएका छन ।
यसअघि राप्रपा नेपालका केन्द्रीय पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले मेडिकल शिक्षामा रहेको देखिएको अनियमितता र विसंगतिविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline