आन्दोलनकारीको आक्रमणबाट प्रहरी हबल्दार पाण्डेको मृत्यु

आन्दोलनकारीको आक्रमणबाट प्रहरी हबल्दार पाण्डेको मृत्यु

  • शुक्रबार, भदौ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाण्डौ,१८ भदौ ।

बर्दियाको मैनापोखर बजारमा प्रदर्शनकारीको आक्रमणमा परी गम्भीर घाइते भएका प्रहरी हबल्दार देबबहादुर पाण्डेको मृत्यु भएको छ ।

बर्दियाको गुलरिया नेपालगञ्ज सडकखन्ड अन्तर्गत बर्दियाको मैनापोखर बजार नजिकै प्रहरी हबल्दार पाण्डेमाथि आन्दोलनकारीले आक्रमण गरेका थिए ।

प्रहरी हवल्दार पाण्डेलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिनुभयो ।

मैनापोखरमा बन्दकर्ताले नियन्त्रणमा लिएको दुईवटा यात्रुबस छुटाउने क्रममा प्रहरी र बन्दकर्ताबीच बिहान झडप भएको थियो । बर्दियाका प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुँवरले बन्दकर्ताले गोली चलाएको दाबी गर्नुभयो । उहाले मैनापोखरमा पाँच राउण्ड गोली चलेको पनि पुष्टि गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी