१ बर्षभित्र १ सय १३ उद्योग दर्ता

१ बर्षभित्र १ सय १३ उद्योग दर्ता

  • शुक्रबार, भदौ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, १८ भदौ ।

म्याग्दीमा एक बर्षभित्र१ सय १३ वटा उद्योग दर्ता भएका छन । आर्थिक वर्ष २०७१÷७२ मा सानो लगानीमा आधारित एक सय १३ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।

समितिका अनुसार दर्ता भएका नयाँ उद्योगमा करिब रु आठ करोड ४२ लाख पुँजी लगानी रहेको र तीन सय २० जनाले रोजगारी पाएका छन ।

समितिमा हालसम्म नौ सय ७२ वटा साना उद्योग दर्ता भएका वरिष्ठ घरेलु उद्योग विकास अधिकृत रमेशराज रेग्मीले बताउनुभयो ।
म्याग्दीका साना उद्योगमा हालसम्म रु ४७ करोडभन्दा बढी लगानी रहेको छ ।

तरकारी खेती, फलफूल, गाईभैँसी, बाख्रा, पोल्ट्री फार्मलगायत कृषिजन्य उद्योगको दर्ता बढेका छन् । यसैगरी होटल तथा रेस्टुरेस्ट, फर्निचर र सिलाइकटाइसम्बन्धी उद्योग पनि बढेका छन् ।

सरकारले उपलब्ध गराउने अनुदान सुविधाका लागि फार्म दर्ता हुनुपर्ने व्यवस्थाले गर्दा पनि कृषिजन्य उद्योगको दर्ता बढेको अधिकृत रेग्मीले बताउनुभयो ।

यस्तै लगानीको वातावरण बन्नु र विभिन्न सीपमूलक तालिमपश्चात् स्वरोजगार बन्न चाहने युवाको सङ्ख्या बढ्नुले पनि उद्योग दर्तामा बढेको हो ।

म्याग्दीमा गत वर्ष एक सय ३१ व्यावसायिक फार्म दर्ता भएका छन् भने गत वर्षको तुलनामा व्यवसायमा रु छ करोड एक लाख ३० हजार लगानी थपिएको छ ।

उद्योग र व्यवसाय दर्ता तथा नवीकरणमार्फत कार्यालयले गत आर्थिक वर्षमा अघिल्लो वर्षको भन्दा दोब्बर बढी राजस्व समेत सङ्कलन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी