असन्तुष्ट पक्षको माग सम्बोधनका विषयमा छलफल गर्न प्रमुख चार दलको बैठक आज पनि बस्दै

असन्तुष्ट पक्षको माग सम्बोधनका विषयमा छलफल गर्न प्रमुख चार दलको बैठक आज पनि बस्दै

  • शुक्रबार, भदौ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ १८ भदौ । 

प्रदेशको सिमांकन लगायत संविधानको विभिन्न बुँदामा असन्तुष्टी जनाउदै आन्दोलनरत पक्षलाई पनि समावेश गरेर संविधान जारी गर्ने तयारीमा रहेका प्रमुख दलले आज पनि छलफल गर्दैछ । त्यसका लागि दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्दैछ ।

शिर्ष नेता सम्मिलित बैठकमा आन्दोलनरत समुहका माग सम्बोधनका लागि संविधान संशोधन गरेर अघि बढ्ने बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

तराईमा उठेका असन्तुष्टी सम्बोधन गर्ने विषयमा प्रमुख दल एकमत भएपनि कुन कुन विषय समेट्ने भन्ने विषयमा सहमति जुटेको छैन ।

यसअघिका बैठकमा फोरम लोकतान्त्रिकले तराईमा एक प्रदेश थपेर आठ प्रदेश बनाउनुपर्ने प्रस्ताव अघि बढाएको छ भने एकिकृत नेकपा माओवादीले सात प्रदेश भित्रै सिमांकन हेरफेर गर्नुपर्ने बताएको छ ।

कांग्रेस र एमालेले भने छुट्टै प्रस्ताव ल्याएको छैन । यसैबीच चार दल बैठक बस्नुअघि नेकपा एमाले र एकिकृत नेकपा माओवादीका केही नेताबीच बालुवाटारमा छलफल समेत भएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी