हामी भारतीय होइनौ मधेशी हौ : सिंह

हामी भारतीय होइनौ मधेशी हौ : सिंह

  • शुक्रबार, भदौ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ, १८ भदौ ।

मधेशमा आन्दोलनतर मोर्चाको घटक लोकदलका अध्यक्ष कुशल कुमार सिहले  तराइका मधेशीहरु भारतीय नागरिक नभई नेपालको मधेशी समुदायको भएको हुनाले भारतीय गृहमन्त्री राजनाथ सिहले एक करोड मधेशी भारतीय हुन भन्नु गलत भएको बताए ।

केहि लिन अघि मात्रै भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालमा एक करोड भारतीयहरु रहेको र उनिहरुको सुरक्षा भारतले गर्ने भनि दिएको विवादास्पद अभिव्यक्ति दिएका थिए । मिर्मिरेसंग कुरा गर्दै उनले कुनै पनि मधेशी भारतीय नभई नेपालको मधेशी नै भएको जिकीर गरे ।

भारतीय स्वतन्त्रता आन्दोलनमा मधेशीले ठुलो साथ दिएकोले अहिलेको आन्दोलनमा आफुहरुले भारतको नैतिक सहयोग र साथ खोजेको तर हतियार र मान्छे नै भारतबाट ल्याएर आन्दोलन गरेको भन्ने कुरा गलत भएको बताए ।

“भारतको स्वतन्त्रता आन्दोलनको क्रममा सिमावर्ती तराईका जिल्लाहरुमा मधेशी समुदायले आश्रय दिएर सहयोग गरिएको हो, सप्तरीको हनुमान नगरमा जेलमा रहेका भारतीय नेता जयप्रकाश नारायण लगाएतका लाई जेल नै तोडेर मधेशीले भगाएका हुन त्यसैले यो गुणको ऋणलाई भारतीयले चुक्ता गर्नुपर्छ  ” सिंहले भने ।

अहिले मधेशको आन्दोलनमा सरकारले मधेशीको पिठ्युमा गोली हानेको भन्दै सिंहले गृहमन्त्री बामदेब गौतमले अविलम्ब राजीनामा दिनुपर्ने माग समेत गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी