काठमाडौ १८ भदौ।
आठ प्रहरीको ज्यान जाने गरी भएको टीकापूर घटनामा आन्दोलनकारीले प्रहरीबाट लुटिएको हतियार अझै फेला परेको छैन ।
गत भदौ ७ गते थारुहट/थारुवान कार्यकर्ता र सुरक्षकर्मीबीच भएको झडपका क्रममा प्रहरीका अत्याधुनिक हतियार आन्दोलनकारीले लुटिएका थिए ।
प्रहरी मुखयलय स्रोतका अनुसार उक्त घटनाका क्रममा एउटा एसएलआर, एउटा पेस्तोल, एउटा ग्यास गन र एउटा वाकीटकी प्रहरीबाट लुटिएको थियो ।
घटनाको दुई साता हुन लाग्दा पनि प्रहरीले ती हतियार फेला पार्न नसकेको क्षेत्रिय प्रहरी कार्यालय दिपायलका प्रमुख डीआइजी माधव नेपालले बताउनुभयो । लुटिएका हतियार खोजी कार्य जारी राखेको उहाँको भनाई छ ।
उक्त घटनामा एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक बलराम बिष्ट, केशव बोहोरा लगायत आठ जना प्रहरीले ज्यान गुमाएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline