विनाशर्त वार्तामा आउन मधेसवादी दललाई प्रमुख दलहरुको आग्रह

विनाशर्त वार्तामा आउन मधेसवादी दललाई प्रमुख दलहरुको आग्रह

  • बिहिबार, भदौ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ, १७ भदौ ।

प्रमुख चार दलले आन्दोलनरत मधेसवादी दललाई विनाशर्त वार्तामा आउन आग्रह गरेका छन् । आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताको बैठकले आन्दोलन छाडेर विनाशर्तमा वार्तामा आउन मधेसवादी दललाई आग्रह गर्ने निर्णय गरेको हो ।

तराई मधेसमा आन्दोलन उग्र भएर मानिसको ज्यान जाने क्रम बढेपछि शीर्ष दलले संवादप्रक्रिया थालेर मधेसी दललाई वार्तामा बोलाएका हुन् । बालुवाटार बैठकपछि बाहिरिँदै कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुले एकै स्वरमा मधेसवादी दललाई दुई दिनभित्र वार्ताको टेबलमा आउन भनेका हुन् ।

चार दलले मधेसवादी दललाई १९ गतेसम्म वार्ताका लागि कुर्ने निर्णय गर्दै संविधान निर्माणप्रक्रिया भने कुनै हालतमा नरोक्ने सहमति गरेका छन् । यसैविच बैठकमा सहभागी फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले भने संविधानको विधेययक संशोधन नगरिए आफूलाई मान्य नहुने प्रतिक्रिया दिनुभयो ।

विधेययकलाई संशोधन गरेर संविधान निर्माणलाई अघि बढाउन आग्रह गर्दै गच्छदारले त्यसो नभए संविधान निर्माण प्रक्रियाबाट आफ्नो दल बाहिरिने चेतावनी दिनसभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी