गलत दृष्टि राख्ने मिडियाप्रति कडाइका साथ प्रस्तुत हुनुपर्ने रिजालको भनाई

गलत दृष्टि राख्ने मिडियाप्रति कडाइका साथ प्रस्तुत हुनुपर्ने रिजालको भनाई

  • बिहिबार, भदौ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ,१७ भदौ ।

सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले महिलामाथि गलत दृष्टि राख्ने मिडियाप्रति कडाइका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएको छ ।

सञ्चारिका समूहले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले अतिरञ्जित समाचार सम्प्रेषण नगर्न र महिलाका विषयमा संवेदनशील हुन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । कुनै पनि महिलाले कार्यस्थलमा हुने दुव्र्यवहारलाई सहेर बस्न नहुने बताउँदै मन्त्री रिजालले भन्नुभयो– “पीडित आफैँले आफूमाथि भएको अन्यायबारे बोले पछि मात्र अरु सङ्घसंस्था, निकायले न्याय दिलाउन नैतिक आधार बलियो हुन्छ ।”

नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले सञ्चारकर्मीले सधैँ जिम्मेवार र उत्तरदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै पत्रकार आचारसंहितालाई पालना नगर्ने सञ्चारमाध्यमलाई काउन्सिलले अनुगमन गरिरहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले महिला पत्रकारले आफूमाथि भएको कुनै पनि प्रकारका दुव्र्यवहारका बारेमा आफ्नो सञ्चारमाध्यमलाई जानकारी गराउने र तुरुन्त त्यसविरुद्ध ‘एक्सन’ लिनसक्ने निकाय सञ्चारमाध्यमभित्रै निर्माण गरिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिमल्सिनाले सञ्चारमाध्यमभित्र लैङ्गिकमैत्री वातावरण सिर्जना गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो । ाष्ट्रिय समाचार समितिका महाप्रबन्धक निर्मला आचार्यले आफ्नो सञ्चारमाध्यमभित्र कार्यरत पत्रकार महिलाको पेसागत अधिकार सुरक्षित गर्न आफू सधैँ तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल, क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्य, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा, उपाध्यक्ष सुचित्रा श्रेष्ठलगायतले पत्रकार महिलालाई सुरक्षित रुपमा पेसालाई निरन्तरता दिन निर्दे्शिका कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी