बैठकमा उपस्थित हुन मन्त्रीलाई संसदीय समितिको निर्देशन

बैठकमा उपस्थित हुन मन्त्रीलाई संसदीय समितिको निर्देशन

  • बिहिबार, भदौ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ,१७ भदौ ।

व्यवस्थापिका–संसद अन्तगर्तको वातावरण संरक्षण समितिले क्रसर उद्योग सञ्चालन र ढुङ्गा, गिट्टी, बालुवाको दररेटका विषयसँग सम्बन्धित मन्त्रीलाई अनिवार्य बैठकमा उपस्थित गराएर छलफल गर्ने निर्णय गरेको छ ।

समितिको बैठकमा बारम्बार मन्त्रीलाई निमन्त्रणा गरेपनि अनुपस्थित भएकाले उनहरुलाई अनिवार्यरुपमा उपस्थित गराउन मन्त्रिपरिषद्लाई निर्देशनात्मक पत्र लेख्ने बाध्यात्मक निर्णय गर्नुपरेको समितिका सभापति जनकराज चौधरीले बताउनु भयो ।

समितिले आजको बैठकमा प्रधानमन्त्री तथा विज्ञान, प्रविधि तथा वातावरण मन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह र उद्योगमन्त्री महेश बस्नेतलाई बोलाएको थियो ।

सभापति चौधरीले प्रधानमन्त्री कोइरालाको व्यस्तता र समयको संवेदनशीलताले उपस्थित हुन नसक्नु भएपनि अन्य मन्त्रीले पनि समितिको बैठकलाई बेवास्ता गरेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

बैठकमा सहभागी समितिका अधिकांश सदस्यले वातावरणसम्बन्धी गम्भीर विषयमा छलफल गर्न बारम्बार निमन्त्रणा गर्दा पनि मन्त्रीले समितिलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी