टिकापरको जनजिवन अझै सामान्य बन्न सकेन

टिकापरको जनजिवन अझै सामान्य बन्न सकेन

  • बिहिबार, भदौ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं १७ भदौ ।

दंगाग्रस्त क्षेत्र घोषणा गरीएको कैलालीको टिकापुरमा स्थानिय प्रशासनले कर्फयु केही खुकुलो पार्दै गएपछि जनजिबन अझै सामान्य बन्न सकेको छैन । २४ घन्टे कर्फुयु बिहानको समयमा फुकुवा गरीदा सर्बसाधारण मारमा परेका छन ।

हिजो ४ घण्टा खुल्ला गरीएको आज ३ घण्टा मात्र खुल्ला गरीएको छ । बिहान ७ देखि १० बजेसम्म कर्फुयु खुल्ला गरीएको र पुनह १० बजेबाट कफर््यु लगाइएको स्थानिय प्रशासनले जनाएको छ । कर्फ्यू हटेपछि टीकापुर बजारमा किनेमेल गर्नेहरुको चहलपहल बढेको थियो । तर, बजारमा खाद्यान्न, इन्धन, रिचार्ज कार्ड लगायतका सामानको अभाव देखिउको छ ।

कैलालीको भजनी त्रिशक्ति नगरपालिका सहित दुर्गौली, धनसिंहपुर, पथरैया, मुनुवा, जोशीपुर, नारायणपुर, बौनिया र थापापुर गाविसमा लगाइएको कर्फ्यु भने कायमै रहेको छ । यस्तै धनगढीमा भने मध्यान्ह १२ बजेदेखि अपरान्ह चार बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समय घटाएसँगै धनगढीमा सर्वसाधारणको चहलपहल पनि बढ्न थाले त्यहाबाट हाम्रा सहकर्मीले जनाएका छन ।

भदौ ७ गते आन्दोलनकारीको आक्रमणबाट एसएसपी लक्ष्मण न्यौपाने सहित ८ सुरक्षाकर्मी र एक बालकको मुत्यु भएपछि प्रशासनले टिकापुरलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी