बार्तामा आउन सबै असन्टुष्ट पक्षलाई देउवाको आग्रह

बार्तामा आउन सबै असन्टुष्ट पक्षलाई देउवाको आग्रह

  • बिहिबार, भदौ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, १७ भदौ  ।

नेपाली काँंग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले बार्तामा आउन सबै असन्टुष्ट पक्षलाई आग्रह गर्नुभएको छ । सबै समस्याको समाधान वार्ताबाट गर्न सकिने भन्दै उहाले वार्तामा आउन अपिल गर्नुभयो ।

नेपाल स्वास्थ्य व्यवसायी महासंघको १० औं वार्षिक साधारणसभामा बोल्दै नेता देउवाले पछिल्लो समय देशका केही स्थानमा संबिधान असफल बनाउन षड्यन्त्र भइरहेको आरोप लगाउनु भयो । उहाले अहिलेको संविधान र संघीय संरचनाले सबैको भावना समेटेको दाबी पनि गर्नुभयो ।

नेपालमा अहिले संविधान बन्न नसके कहिल्यै संविधान नबन्ने खतरा बढ्ने उहाको भनाई छ । यस्तै सो कार्यक्रममा एमाले सचिव योगेश भट्टराइले हिंसात्मक आन्दोलनले निकास नदिने भन्दै आन्दोलनरत पक्षलाई बार्ताबाटै समाधान खोज्न आग्रह गर्नुभयो ।

यस्तै मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देबले असन्तुष्ट पक्षहरुका माग सम्बोधन गर्न ठूला दलहरु गम्भीर हुनुपर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी