लगातारको बन्दले सप्तरीका हजयात्री समस्यामा

लगातारको बन्दले सप्तरीका हजयात्री समस्यामा

  • बिहिबार, भदौ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

सप्तरी, १७ भदौ ।

लगातार १८ दिनदेखि मधेसी मोर्चाले बन्द जारी राखेपछि आगामी शुक्रबार हजका लागि साउदी अरबको मक्का मदिना जाने सप्तरीका हजयात्री अन्योलमा परेका छन् ।

मुस्लिमको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न मुसलमान प्रत्येक वर्ष साउदी अरबको मक्का मदिना जाने गरेकाले यस वर्ष अनिश्चितकालीन तराई—मधेस बन्द भएपछि हजका लागि जान समस्या भइरहेको राजविराज–३ निवासी इर्शाद् अन्सारीले बताउनुभयो ।
आगामी शुक्रबार हजमा जानका लागि आवश्यक किनमेल गर्नुपर्ने भएकाले यहाँ लगातार १८ दिनदेखि आमहड्ताल जारी रहेकाले समस्या हुनुका साथै हजयात्राका लागि बैंकमा राखिएको पैसा बन्दका कारण बंैकबाट झिक्न समस्या भएको बताइएको छ ।

लगातारको आमहडतालमा यहाँका बंैकसमेत बन्द रहेको बुझिएको छ । बैंक बन्द भएपछि पैसा नपाउँदा किनमेल गर्नुका साथै हजमा जानका लागि पैसा नभएको एक हजयात्रीले गुनासो गरेका छन् ।

हजका लागि यसपालि सप्तरीबाट ७२ जना हजयात्री साउदी अरबको मक्का मदिना जाने अवसर पाएपनि लगातार सप्तरीसहित तराइका जिल्लामा बन्दकोे प्रभाव बढ्दै गइरहेकाले यस वर्ष हज जानमा समस्या भएको हजयात्रीले बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी