व्यवस्थापिका संसदको बैठक आज बस्दै

व्यवस्थापिका संसदको बैठक आज बस्दै

  • बिहिबार, भदौ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, १७ भदौ ।

व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । आजको बैठकमा भुकम्पबाट प्रभावित संरचनाको पुर्ननिर्माण सम्बन्धि विधेयक पेश हुने भएको छ । यसअघि मंगलबार पेश हुने भनिएको उक्त विधेयक आज पेश हुन लागेको संसद सचिवालयले जनाएको छ ।
सरकारले भुकम्पपछिको पुर्ननिर्माणका लागि २ महिनाअघि संसदलाई छलेर अध्यायदेश गठन गरेको थियो । अध्यायदेश साठी दिनभित्र पारीत गरिसक्नु पर्ने प्रावधान भएपनि २ महिनाभन्दा बढि भइसकेकाले अहिले निष्कृय अवस्थामा रहेको छ ।

संसदले पुर्ननिमार्ण सम्बन्धि विधेयक पारित गरेपछि मात्र प्राधिकरणलाई काम अघि बढाउन बाटो खुल्ने छ ।

आज विहान ११ बजे बस्ने बैठकमा भुमि सम्बन्धि छैटौं संशोधन विधेयक, केहि नेपाल ऐन संशोधन तथा खारेज र केहि नेपाल ऐन संशोधन विधेयक पनि पेश हुने संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी