काठमाडौं, १७ भदौ ।
भारतीय पक्षबाट नेपाललाई सबै प्रकारको नाकाबन्दी गर्ने धम्की आएको छ । भाजपाका पुर्व नेता तथा गृहमन्त्री राजनाथ सिंहले नेपालमा १ करोड भारतीय हरु रहेको र उनिहरुको सुरक्षा भारतले गर्छ भन्ने विवादास्पद अभिव्यक्ति दिएको केहि दिनपछि नै तल्लो स्थरबाट नाकाबन्दीको धम्की आएको हो ।
नयाँ संविधान निर्माणको क्रममा तराईमा जारी आन्दोलनलाई सफल पार्न सहयोग गर्ने भन्दै भारतीयहरुले धम्की दिएका छन ।
नेपाली सिमावर्ती क्षेत्र रक्सौलका स्थानीय वासिन्दाले मधेशवादीको माग पुरा नगरे नेपालतर्फको सम्पुर्ण ढुवानी ठप्प गरेर नाकाबन्दी गर्ने धम्की दिएका हुन ।
स्थानीय पोस्ट आफिसचोक नजिकै बुधबार नागरिक चेतना मञ्च र भारत नेपाल मैत्री संघले एक भेला नै आयोजना गरेर तत्काल समस्या माध्यमबाट हल खोज्न र दमन रोक्ने चेतावनी दिएका छन ।
नागरिक सचेतना मञ्चका अध्यक्ष प्रो. डा. अनिल कुमार सिन्हाको अध्यक्षतामा भएको भेलमा स्थानीय व्यापारीसहित सयौंको उपस्थिति रहेको थियो ।
अध्यक्ष सिन्हाले नेपाल सरकारले मधेसि जनतामाथि गोली, टियरग्याँस र लाठिले निर्मम दमन गरेको भन्दै भन्दै तत्काल माग पुरा नगरे रक्सौलबाट हुने सबै प्रकारका ढुवानी रोेर नाकाबन्दी गर्ने धम्की दिएका हुन ।
तराई क्षेत्रमा प्रहरी प्रशासनले मनानवअधिकारको उल्लंघन गर्दै भलाएको गोलीबाट हाफ्ना नातेदार मारिएको बताउदै सिन्हाले यो अवस्थामा चुप लागेर बस्न नसकिने भन्दै नेपालका मधेसिहरुसंग रगतको सम्बन्ध रहेको बताए ।
स्मरण रहोस करिब २७ बर्षअघि २०४५ सालमा समेत भारतले नेपाललाई नाकाबन्दी गरेको थियो ।